ad ad

बागमती


सिन्धुपाल्चोकमा ब्रेक फेल हुँदा जन्ती बस दुर्घटना, ३० जना घाइते

सिन्धुपाल्चोकमा ब्रेक फेल हुँदा जन्ती बस दुर्घटना, ३० जना घाइते

नेपालखबर
बैशाख २९, २०८० शुक्रबार ६:१४, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। 

जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावती गाउँपालिका जाँदै गरेको हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी बिहीबार दुर्घटना भएको प्रहरीले जनाएको छ।

इन्द्रावती–१० पाटीगाउँतर्फ जाँदै गरेको गाडी चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

घटनास्थलमा प्रहरी र एम्बुलेन्स पुगेर उद्धार गरिएको छ । घाइतेको चौतारा अस्पतालमा उपचार हुँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .