बागमती


नीति तथा कार्यक्रम प्रस्तुत गर्न पुगेका प्रदेश प्रमुखको हातमा जब खाली फाइल पुग्यो...

नीति तथा कार्यक्रम प्रस्तुत गर्न पुगेका प्रदेश प्रमुखको हातमा जब खाली फाइल पुग्यो...

सुनिता विष्ट
जेठ १४, २०८० आइतबार १६:३५, हेटाैँडा

बागमती प्रदेशको आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सरकारको गैर जिम्मेवारीपन देखिएको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्न तामझमका साथ प्रदेश सभा भवनमा प्रवेश भए। उनको स्वागतका लागि प्रदेश सभा भवनको प्राङ्गणदेखि नै सरसजावटले रमणीय देख्न सकिन्थ्यो।

बाहिरदेखि नै सांसद, मन्त्री, कर्मचारी तथा मुख्यमन्त्री सहितको स्वागत पछि प्रदेश सभा हलको रोष्टममा पुगे प्रदेश प्रमुख यादवचन्द्र शर्मा।

प्रदेश प्रमुख शर्मालाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रातो ‘कभर’ भएको नीति तथा कार्यक्रमको फाइल पेश गरे।

मुख्यमन्त्रीले पेश गरेको फाइल खोलेर पढ्न खोज्दा रित्तो पाएपछि शर्मा केहीबेर अलमलिए।

मुख्यमन्त्रीतर्फ इसारा गर्दै उनले खाली फाइल देखाए। मुख्यमन्त्री जम्कट्टेल पुनः रोष्टममा पुगेर आफूसँग रहेको एक प्रति नीति तथा कार्यक्रमको कपी दिएपछि शर्माले वाचन सुरू गरे।

आगमी आर्थिक वर्षको लागि बजेट छुट्याउन ल्याएको नीति तथा कार्यक्रम फोटोकपीमा पढ्दै गर्दा प्रदेश प्रमुख शर्माले असहज मान्दै पढिरहे। केहीबेरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरुले सक्कली फाइल प्रदेश प्रमुख समक्ष पुर्याएका थिए।

यसरी, नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्ने क्षणमा यस्तो गैर जिम्मेवार हुनु लज्जास्पद भएको प्रतिपक्षी दलका सांसदहरु बताउँछन्।

नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले नीति तथा कार्यक्रम प्रस्तुतिमा ६ वर्षको प्रदेशसभाकालमा अहिलेको जस्तो लापरबाही नदेखेको बताए।

सत्तारुढ दलहरूबीचको बेमेलको कारण यस्तो अवस्थाको सिर्जना भएको उनको टिप्पणी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .