बागमती


बाँदर पीडित किसानले मुख्यमन्त्री कार्यालय घेरे

बाँदर पीडित किसानले मुख्यमन्त्री कार्यालय घेरे

सुनिता विष्ट
असार १३, २०८० बुधबार १६:२५, हेटाैँडा

बागमती प्रदेश सभा भवन अगाडि धादिङका बाँदर पीडितहरुले मुख्यमन्त्री शालिकराम जम्मकट्टेल विरुद्ध प्रर्दशन गरेका छन्।

मुख्यमन्त्री जम्मकट्टेलकको गृहजिल्ला धादिङमा बाँदर आतंक मच्चिरहँदा मुख्यमन्त्रीले कुनै पहल नगरेको भन्दै प्रर्दशन गरेको पीडितले बताएका छन्।

दुई वटा बस रिजर्भ गरेर प्रदेशको राजधानी हेटौंडा आइपुगेका पीडित किसानहरुले मुख्यमन्त्री विरुद्ध नारा लगाएका थिए।

करिब १ सय जना किसानहरुले बाँदरले जनजीवनमा समस्या पार्दा समेत प्रदेश सरकार गम्भीर नबनेकोले विरोध गर्नु परेको उनीहरुले बताए।

धादिङको नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिकाका किसानहरुले अन्तर्राष्ट्रिय कानुन देखाएर बाँदर आतंक बन्द नगरेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराउन हेटौंडा आउनुपरेको बताए।

आफूहरुले पटक–पटक आग्रह गर्दा पनि कुनै तहको सरकारले मागलाई नसुनेपछि बाध्य भएर हेटौँडा आएर आन्दोलनमा उत्रनुपरेको उनीहरुको भनाई छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .