ad ad

बागमती


काठमाडौं उपत्यकाको मौसमको नालीबेली : वर्षाको सम्भावना, तापक्रम, भिजिबिलिटी कस्तो छ?

काठमाडौं उपत्यकाको मौसमको नालीबेली : वर्षाको सम्भावना, तापक्रम, भिजिबिलिटी कस्तो छ?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असोज ७, २०८० आइतबार १०:४४, काठमाडौँ

आज (आइतबार) बिहानैदेखि काठमाडौं उपत्यकाको मौसम बदली (आकाशमा बादल) भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यतिबेला (बिहान १०:२० बजे) काठमाडौं उपत्यकाको मौसम सामान्य बदली भएको छ। सामान्य बदली भनेको आकाश बादलले ढाकेको हो र घाम देखिन मुस्किल अवस्था हो। 

बादल बढ्दै गएर उपत्यकामा दिउँसो वर्षा हुने सम्भावना छ। ‘ठ्याक्कै समय तोक्न नसकिए पनि दिउँसो २ बजेपछि वर्षा हुने सम्भावना धेरै देखिएको छ’, मौसमविद् झाले भने, ‘हल्कादेखि मध्यमसम्म वर्षा हुने देखिन्छ, भारी वर्षाको सम्भावना अहिले देखिएको छैन।’

उनका अनुसार आज दिनभरि काठमाडौं उपत्यकाको मौसम सफा भएर खुल्ने सम्भावना छैन। ‘आज दिनभरि उपत्यकाको मौसम बदली नै रहने देखिन्छ’, उनले भने, ‘राति ८/९ बजेतिर एकछिन वर्षा रोकिने सम्भावना देखिए पनि फेरि पानी पर्ने देखिन्छ।’ 

आज बिहान पौने ९ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८.८ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम २७ देखि २९ डिग्रीसम्म रहने अनुमान गरिएको मौसमविद् झाले जानकारी दिए।  

यस्तै आज काठमाडौं उपत्यकाको पारदर्शिता (भिजिबिलिटी) ८ किलोमिटर रहेको जानकारी पनि उनले दिए। ‘यो भिजिबिलिटी राम्रै हो’, उनले भने, ‘५ किलोमिटर माथिको भिजिबिलिटी राम्रो मानिन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .