ad ad

बागमती


भक्तपुरमा कुटेर युवतीको हत्या, पति पक्राउ

भक्तपुरमा कुटेर युवतीको हत्या, पति पक्राउ

नेपालखबर
फागुन २५, २०८० शुक्रबार ११:१५, काठमाडौँ

भक्तपुरमा आफ्नै पत्नीको हत्या गरेको आरोपमा युवक पक्राउ परेका छन्। 

भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेल पिपलबोट नजिकै  मनोजकुमार बुढाथोकीको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ८ घर भएका २५ वर्षीय सन्तोष भुजेललाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त पाठकका अनुसार मादक पदार्थले मातेका सन्तोषले बिहीबार साँझ आफ्नै श्रीमती २१ वर्षीया पवित्रा राईलाई कुटपिट गरेका थिए।  

गम्भीर घाइते पवित्रालाई भक्तपुर अस्पताल लगिए पनि उपचारकै क्रममा बिहीबार बेलुकै ७ः१५ बजे उनको मृत्यु भएको डीएसपी पाठकले जानकारी दिए। 

पोस्टमार्टमका लागि शव भक्तपुर अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।  

घटनामा संलग्न आरोपमा प्रहरीले सन्तोषलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ। 

घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली गएर प्रारम्भिक अनुसन्धान गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .