बागमती


काठमाडौँमा आज पनि दिनभर मौसम बदली र वर्षाको सम्भावना

काठमाडौँमा आज पनि दिनभर मौसम बदली र वर्षाको सम्भावना

काठमाडौँ उपत्यकामा बुधबार भएको वर्षा। तस्बिर : सरोज बैजु


नेपालखबर
चैत ८, २०८० बिहिबार ७:३९, काठमाडौँ

देशभरसँगै आज (बिहीबार) पनि काठमाडौँ उपत्यकाको मौसम बदली (आकाशमा बादल) भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज पनि उपत्यकामा घाम देखिने सम्भावना ज्यादै कम छ। 

‘आज पनि काठमाडौँ उपत्यकामा मध्याह्नपछि हल्का वर्षा हुने सम्भावना छ’, उनले भने, ‘अघि  बिहान ६ बजेसम्म पानी परेको थियो, तर अहिले रोकिएको छ। फेरि मध्याह्नपछि पानी पर्ने सम्भावना देखिएको छ।’

हिजो बुधबार पनि उपत्यकामा दिनभर घाम लाग्न पाएन भने हल्का पानी परिरह्यो। राति पनि वर्षा भएको थियो। जसका कारण काठमाडौँ उपत्यकामा चिसो बढेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् अधिकारीका अनुसार आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसमा झरेको छ। बुधबार यहाँको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस थियो। 

आज उपत्यकाको अधिकतम तापक्रम १९ देखि २१ डिग्रीसम्म रहने अनुमान गरिएको मौसमविद् अधिकारीले बताए। बुधबार यहाँको अधिकतम तापक्रम १५.४ डिग्री सेल्सियस थियो। यसअघि उपत्यकाको अधिकतम तापक्रम २७ डिग्री सेल्सियसबाट पनि माथि चढिसकेको थियो। 

मौसमविद् अधिकारीका अनुसार गत २४ घण्टामा त्रिभुवन विमानस्थल क्षेत्रस्थित वर्षा मापन केन्द्रले १३ मिलिमिटर वर्षा भएको देखाएको छ। एकिन तथ्या‌ंक भने अहिले बिहान ८:४५ बजे सार्वजनिक गरिने उनले बताए। 

यो पनिआज पनि देशभर मौसम बदली, यी चार प्रदेशमा वर्षाको सम्भावना बढी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .