ad ad

बागमती


बागमतीका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने

फाइल तस्बिर


नेपालखबर
चैत १६, २०८० शुक्रबार १३:५६, हेटौंडा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते सोमबार विश्वासको मत लिने भएका छन्।

शुक्रबार नेकपा माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रदेश सभामा विश्वासको मतको प्रस्ताव दर्ता गराएका हुन्।

गत फागुन २३ गते नेपाली कांग्रेसको ६ जना मन्त्रीले पदबाट राजीनामा दिँदै सरकारलाई दिएको  समर्थन फिर्ता लिएको थियो।

अल्पमतमा परेको २७ औँ दिनमा विश्वासको मत लिने तयारी गरेका हुन्। सरकार गठनका लागि बहुमत पुग्नेमा ढुक्क भएपछि विश्वासको मतका लागि प्रस्ताव दर्ता गरिएको प्रमुख सचेतक ढकालले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .