ad ad

बागमती


काठमाडौँ उपत्यकाको आकाशमा बिहानैदेखि मनसुनी बादल, यस्तो छ वर्षाको सम्भावना

काठमाडौँ उपत्यकाको आकाशमा बिहानैदेखि मनसुनी बादल, यस्तो छ वर्षाको सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असार ७, २०८१ शुक्रबार ७:५२, काठमाडौँ

काठमाडौँ उपत्यकाको मौसम पनि आज (शुक्रबार) बिहानैदेखि बदली भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार यतिबेला उपत्यकाको मौसम साधारणतया बदली (आकाशमा बादल) छ। 

‘दिउँसो वर्षा हुने सम्भावना छ’, उनले भने। उनका अनुसार आज काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का तथा यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा भनिन्छ। 

मौसमविद् अर्यालका अनुसार आज दिनभर उपत्यकाको मौसम बदलीकै अवस्थामा रहनेछ। ‘बीचबीचमा घाम देखिए पनि फेरि बादल आउने र वर्षा हुने क्रम चलिरहने देखिन्छ’, उनले भने। 

काठमाडौँ उपत्यकामा हाल भइरहेको मौसम बदली र वर्षा मनसुनी प्रणालीकै कारण हो। ‘तर यसमा अलिअलि स्थानीय वायुको पनि प्रभाव मिसिएको छ’, मौसमविद् अर्यालले भने। 

मौसम महाशाखाका अनुसार हाल मनसुन पूर्व कोसीदेखि पश्चिम लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको छ।

देशका बाँकी स्थानमा मनसुन पुग्न अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन्। 

मनसुन सक्रिय भएसँगै देशभरको तापक्रम घटेको छ। गर्मीमा केही राहत भएको छ। 

यसैबीच काठमाडौँ उपत्यकाको तापक्रम पनि घटेको छ। मौसमविद् अर्यालयका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम २१.२ डिग्री सेल्सियस छ भने अधिकतम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। 

यो पनि : ४ प्रदेशका केही भूभागमा मनसुनी वर्षा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .