ad ad

कला


‘बर एण्ड वधु’को पहिलो गीतमा यस्तो देखिए आँचल र विवेक

‘बर एण्ड वधु’को पहिलो गीतमा यस्तो देखिए आँचल र विवेक

नेपालखबर
साउन ६, २०८१ आइतबार १६:२३, काठमाडौँ

फिल्म ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर सुन्न सकिन्छ। लेखु सहयात्रीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत भरेका छन्।

गीतको भिडिओमा फिल्मका मुख्य दुई कलाकारहरु आँचल शर्मा र विवेक कर्माचार्य फिचर्ड छन्। आँचल र विवेक रोमान्टिक निकै रोमान्टिक देखिएका छन्। कविराज गहतराजको कोरियोग्राफीमा सुदिप बरालले रोमानियाको लोकेशनमा खिँचेका हुन्।

यस फिल्ममा बिजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अन्सु महर्जन, सिता न्यौपाने लगायतका कलाकारहरुको पनि अभिनय छ। मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा जानुका थापाको लगानी छ।

एलआरके इन्टरटेन्मेन्टको व्यानरमा बनेकोअमित रिजाल फिल्मका कार्यकारी निर्माता हुन्। प्रदीप भारद्धाजको लेखन रहेको फिल्म‘बर एण्ड वधु’लाई सामाजिक कथावस्तुमा निर्माण गरिएको निर्माणपक्षले बताएको छ। यो फिल्म भदौको १४ गतेबाट देशव्यापी रिलिजमा आउँदैछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .