ad ad

बागमती


काठमाडौँबाट बाह्रबिसे गइरहेको बसले महिलालाई ठक्कर दिँदा मृत्यु

काठमाडौँबाट बाह्रबिसे गइरहेको बसले महिलालाई ठक्कर दिँदा मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ १४, २०८१ शुक्रबार ७:३०, काभ्रेपलाञ्चोक

अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका-१० स्थित ५६ किलो भन्ने स्थानमा बिहीबार साँझ बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ।

काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको बा२ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी महिलालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।

मागी हिँड्ने ती महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा चिकित्सकले गएराति मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार नाम, वतन नखुलेकी ती महिलालाई ठक्कर दिने बसचालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै नमोबुद्ध नगरपालिका-६ की १३ वर्षीया बालिका खुसी न्यौपाने मृतावस्थामा फेला परेकी छन्।

बिहीबार अपराह्न घरबाट हराएको खबर पाएलगत्तै खोजीमा निस्किएको प्रहरीले दाप्चा खोलाको दहमा खुसीको शव फेला पारेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .