ad ad

बागमती


रोकियो दक्षिणकाली सडक कालोपत्रेको काम, हेटौंडा–काठमाडौं सडक खुल्ला

रोकियो दक्षिणकाली सडक कालोपत्रेको काम, हेटौंडा–काठमाडौं सडक खुल्ला

नेपालखबर
असोज ९, २०८१ बुधबार १५:४५, हेटौंडा

हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकमा १२ दिन सवारी चलाउन रोक लगाइएको कार्य स्थगित भएको छ।

दक्षिणकाली नगरपालिका काठमाडौँले सोमबार एक सूचना जारी गर्दै सो सडकमा १२ दिन सवारी सञ्चालनमा रोक लगाएको थियो। 

दक्षिणकाली–छैमले खण्ड कालोपत्रे कार्य सुरु गर्ने सवारी आवागमनमा रोक लगाएको हो।

जिल्ला प्रशासन कार्यालय काडमाठौंले हाललाई उक्त निर्माण कार्य स्थगित गरी सडक सञ्चालन गर्न पत्र पठाएसँगै आवतजावत मा कुनै रोकछेक नरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  

सो सडक राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौँडा अन्तर्गत ठेक्का लगाएर निर्माण कार्य भइरहेको थियो।

बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त सडक प्रादेशिक सडक गुरुयोजना अन्तर्गतको प्रदेश लोकमार्ग कायम गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .