काठमाडौँको दक्षिणकालीमा असोज १९ गते एक महिलाको हत्या भयो। नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं ७ घर भई दक्षिणकाली नगरपालिका वडा नं ६ बस्ने ४५ वर्षीया डोल्मा शेर्पा आफ्नै डेरा कोठामा मृत्यु भएको सम्बन्धमा भेटिएकी थिइन्।
अनुसन्धान गर्दै जाँदा प्रहरीले हत्या आरोपमा श्रीमान् जितबहादुर भन्ने काले तामाङलाई पक्राउ भक्तपुरको छालिङबाट पक्राउ गरेको छ। उनले श्रीमती डोल्मालाई कुटपिट गरी हत्या गरेको प्रहरीको आरोप छ।
उक्त घटनापछि जितबहादुर उपत्यकाका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएको र पछिल्लोपल्ट छालिङमा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
६० वर्षीय जितबहादुरलाई छालिङबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी प्रहरी वृत्त कीर्तिपुर पठाइएको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया