नेपालजस्तो गरिब देशलाई समृद्ध बनाउन पहिले समृद्ध नीति आवश्यक हुन्छ, जसले नयाँ र सिर्जनशिलतालाई पर्याप्त प्रोत्साहन गर्न सकोस्। नीतिगत पुनर्संरचनामार्फत हाम्रो पुरानो सोच, चेतना, नीति, प्रणाली र कार्यशैली परिवर्तन गरी विज्ञान तथा सूचना–प्रविधिमैत्री बनाउन सके देश विकासलाई कसैले रोक्न सक्दैन।