ad ad

अपराध


कर्मचारीलाई गोली हानेर सहकारीको रकम लुट्न खोजेको आरोपमा ४ जना पक्राउ

कर्मचारीलाई गोली हानेर सहकारीको रकम लुट्न खोजेको आरोपमा ४ जना पक्राउ

अभियुक्त


नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार १२:४३, सर्लाही

सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीलाई गोली हानेर लुटपाटको प्रयास गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनामा संलग्न नेपाली र भारतीयलाई पक्राउ गरेको हो। घटना र अभियुक्त सर्वाजनिक गर्न २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए। 

उनीहरुलाई भारततिरै भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको विहारका १९ वर्षीय आलोक सिंह, विहारकै १९ वर्षीय शौरभ कुमार यादव, १९ वर्षीय गुलसनकुमार सिंह र सर्लाहीको धनकौलका ३२ वर्षीय धिरेन्द्र सहनी रहेका छन्। उनीहरुलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली समेत चलाएको थियो। सहनीको खुट्टामा गोलि लागेको छ। 

यसअघि बुधबार लुटेराहरुको समूहले सहकारीका प्रमुख साजन कार्कीमाथी गोलि प्रहार गरेर लुटपाटको प्रयास गरेका थिए। लुटेराको गोली लागेर कार्की गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि बुधबार नै काठमाडौं ल्याइएको छ। भारतीय नम्बरप्लेटको मोटरसाइकलमा आएका लुटेराहरु बुधबार बिहान कार्यालय खुल्नासाथ कार्यालयभित्र प्रवेश गरेर गोली चलाउँदै लुटपाटको प्रयास गरेका थिए।

याे पनिचार गोली खाए तर सहकारीको रकम लुटिनबाट जोगाए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .