अपराध


सिरहामा धारिलो हतियार प्रयोग गरी सुरक्षा गार्डको हत्या

सिरहामा धारिलो हतियार प्रयोग गरी सुरक्षा गार्डको हत्या

नेपालखबर
असार ११, २०८० सोमबार १४:२५, सर्लाही

सिरहामा एक सुरक्षा गार्डको हत्या भएको छ। 

मिर्चैया नगरपालिका ७ मा अवस्थित मिर्चैया साना सहरी खानेपानी तथा सरसफाई कार्यालयका सुरक्षा गार्ड स्थानीय ४५ वर्षीय किशोरीराय कुर्मीको हत्या भएको हो। आइतबार राति ड्युटीमा रहेको बेला अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले बताएको छ।

शरीरका विभिन्न भाग काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले बताए।

सोमबार बिहान  कार्यालयका सचिव डिकाराम पोखरेल गाडी लिन कार्यालयमा पुग्दा क्षतविक्षत अवस्थामा कुर्मीको शव फेला परेको थियो। कुर्मीको शव देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए।

हत्या कसले र किन गर्‍यो भन्ने खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .