अपराध


नेपाल-भारत सीमानजिकबाट लागुऔषधसहित ३ युवक पक्राउ

नेपाल-भारत सीमानजिकबाट लागुऔषधसहित ३ युवक पक्राउ

नेपालखबर
जेठ २९, २०८० सोमबार ८:५, कञ्चनपुर

कञ्चनपुरमा लागुऔषध खैरो हेरोइन र चरेशसहित तीन युवक पक्राउ परेका छन्।

आइतबार राति भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल–भारत सीमा नं. ७ नजिकबाट तीन युवक पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–५ सुकासालका २१ वर्षीय सौरव पहरी, सोही ठाउँका २० वर्षीय सुरज राना र२१ वर्षीय हरिश दमाइ छन्। 

उनीहरुको साथबाट ०.५१ ग्राम चरेश, ०.६० ग्राम खैरो हेरोइन र एकथान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

सशस्त्र प्रहरी सीमा सुरक्षा बल गड्डाचौकीबाट खटिएको टोलीले शंका लागेर जाँच गर्ने क्रममा उनीहरुको साथमा लागुऔषध भेटिएको थियो।

पक्राउ परेका तीनैजना अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .