ad ad

प्रवास


मलेसियामा नेपालीकै छुरा प्रहारबाट पाँचथरका युवाले ज्यान गुमाए

मलेसियामा नेपालीकै छुरा प्रहारबाट पाँचथरका युवाले ज्यान गुमाए

नेपालखबर
जेठ २७, २०७९ शुक्रबार १३:११, काठमाडौँ

वैदेशिक रोजगारीका क्रममा मलेसियाको क्लाङ मेरुमा रहेका पाँचथरका एकजना युवाको हत्या भएको छ। 

नेपालीले युवाले नै प्रहार गरेको छुराबाट कुमार तामाङको मृत्यु भएको हो। 

तामाङले मेरुमा रहेको टप्स ग्लोब कम्पनी अगाडि क्यान्टिन सञ्चालन गर्दै आएका थिए। 

मदिरा पिएका ४ जनाको समूहका नेपालीहरुले नै उनलाई छुरा प्रहार गरेका मलेसियाबाट पत्रकार तिलोचन गौतमले जानकारी दिए। 

उक्त घटनामा  संलग्न नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

घाइते अवस्थामा रहेका तामाङको उपचारका क्रममा क्लाङ अस्पतालमा मृत्यु भएको छ। 

उनको शव अहिले त्यही अस्पतालमा राखिएको छ। घटनामा संलग्न भएर पक्राउ परेका नेपालीको पहिचान प्रहरीले खुलाएको छैन।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .