ad ad

प्रवास


मलेसियाका लागि राजदूत पौडेलद्वारा ओहोदाको प्रमाणपत्र पेश

मलेसियाका लागि राजदूत पौडेलद्वारा ओहोदाको प्रमाणपत्र पेश

नेपालखबर
असोज १४, २०७९ शुक्रबार ११:४, काठमाडौँ

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोह्द अईनी बिन अतनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका छन्। 

कार्यक्रममा मलेसियाका शिष्टाचार महापाल अतनले नेपालको राजदूत पदमा नियुक्त भएकोमा पौडेललाई बधाई दिनुका साथै स्वागत गरे। 

राजदूत पौडेल र शिष्टाचार महापाल अतनले नेपाल र मलेसियाबीचमा रहिआएको ऐतिहासिक सम्बधका बहुआयामिक पक्षमा छलफलसमेत गरे। 

भेटमा दुईपक्षीय, क्षेत्रीय तथा बहुपक्षीयस्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै अघि बढ्नेबारे छलफल भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .