ad ad

प्रवास


उप्रेतीको अध्यक्षतामा आप्रवासी नेपाली गीतकार संघ अमेरिका गठन

उप्रेतीको अध्यक्षतामा आप्रवासी नेपाली गीतकार संघ अमेरिका गठन

नेपालखबर
पुस ९, २०८० सोमबार १७:४४, काठमाडौँ

प्रवासमा रहेर नेपाली भाषा साहित्यको संरक्षणका निम्ति गीत सिर्जनामार्फत पहिचान जोगाउने उद्देश्यले 'इमिग्रेन्ट नेपाली लिरिसिस्ट एसोसिएसन युएसए' आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको स्थापना भएको छ।

गीतकार हरि उप्रेतीको नेतृत्वमा संस्था स्थापना गरिएको हो। उप्रेतीको नेतृत्वमा रहेको उक्त संस्थामा साहित्यकार एवम् गीतकार अनु शाह उपाध्यक्षमा छन्। 

महासचिवमा गीतकार नारद रिजाल, कोषाध्यक्षमा गीतकार रमेश लुइँटेल छन्। त्यसैगरी बोर्ड अफ डाइरेक्टरमा गीतकार डा. राजेश कुमार शाक्य, गीतकार एवं साहित्यकार केशव वैरागी, गीतकार एवं गायक तिलचन आचार्य, सुप्रसिद्ध गीतकार सुनिता थापा बस्नेत रहेका छन्।

चार प्रमुख कार्यकारीसमेत रहने गरी ११ जनाको बोर्ड अफ डाइरेक्टर रहने उक्त संस्थाको विधानमा उल्लेख छ।

संस्थाको प्रमुख संरक्षकमा वरिष्ठ गीतकार एवं साहित्यकार ज्ञानेन्द्र गदाललाई सर्वसम्मत रूपमा चयन गरिएको छ।

त्यसैगरी अन्तराष्ट्रिय संयोजक तथा प्रमुख प्रेस सल्लाहकारमा सञ्चारकर्मी सूर्य चन्द रहेका छन्। नेपाल संयोजकमा म्युजिक भिडिओ निर्देशक तथा कार्यक्रम प्रस्तोता प्रहिल कार्की चयन भएका छन्।

अमेरिकाको ओहायो राज्यमा संस्थाको केन्द्रीय कार्यालय रहनेछ। संस्थालाई भविष्यमा अन्य देश तथा अमेरिकाको विभिन्न राज्यमा पनि विस्तार गरिने अध्यक्ष उप्रेतीले बताए। 

हाल सम्म संस्थाले प्राप्त गर्नुपर्ने आधिकारिक प्रमाणपत्र राज्य सरकारबाट प्राप्त भइसकेको र आन्तरिक राजस्व विभागबाट पनि मान्यता प्रदान गरेको कुरा अध्यक्ष उप्रेतीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .