ad ad

कारोबार


सकियो इच्छाराज तामाङमाथिको अनुसन्धान : ८ वर्ष कैद, साढे ५ अर्ब बढी बिगो दाबी

सकियो इच्छाराज तामाङमाथिको अनुसन्धान : ८ वर्ष कैद, साढे ५ अर्ब बढी बिगो दाबी

इच्छाराज तामाङ


नेपालखबर
मंसिर १०, २०७८ शुक्रबार १७:३५, काठमाडौँ

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहितका व्यक्तिहरुविरुद्धकाे अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ। 

दुई महिना लामो अनुसन्धानपछि प्रहरीले बिहीबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी श्यामकुमार महतोले बताए। 

प्रहरीले ३६ जनालाई अभियुक्त बनाएर अनुसन्धान प्रतिवेदन बुझाएको छ। यीमध्ये सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष समेत रहेका इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई मुख्य अभियुक्त बनाइएको छ। 

बाँकीलाई मतियारको रुपमा प्रहरीले प्रतिवेदन बुझाएको हो। 

उनीहरु ८ वर्षका दरले कैद माग गरिएको छ। ५ अर्ब ५९ करोड बिगो दाबी गरिएको छ। सहकारीका १ हजार ४ सय ८७ जना निक्षेपकर्ताले उनीहरुविरुद्ध प्रहरीमा ठगीको जाहेरी दिएका थिए। 

ठगीमा संलग्न रहेको अभियोगमा तामाङसहित वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक भगवान बहादुर सिंह, जुनियर अधिकृत शंकरप्रसाद पाठक, लेखा अधिकृत राकेश महर्जन, सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौश्तुप चेतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह, पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने, जुनियर असिस्टेन्ट म्यानेजर एलिना तुलाधर

जुनियर असिस्टेन्ट म्यानेजर मायोनानी महर्जन र असिस्टेन्ट संगीत श्रेष्ठ पक्राउ परेका छन्। 

बाँकी २४ जना फरार छन्। अब सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ र थुनछेक बहस हुनेछ। 

प्रहरीले तामाङसहित १२ जनालाई असोजमा पक्राउ गरेको थियो। गत असाेज १८ गते तामाङ पक्राउ परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .