ट्राफिक प्रहरीसँगै यातायात व्यवस्था विभागले नियम उल्लंघन गर्नेलाई कारबाही गर्दै एक महिनामा ७२२ वटा सवारी साधनलाई कारबाही गरेको छ।
विभागले ट्राफिक प्रहरीसँगको समन्वयमा गरेको नियमित सवारी अनुगमनका क्रममा सवारी नियमको उल्लंघन गरी सवारी चलाउनेलाई कारबाही भएको हो।
विभागले सबैभन्दा बढी सिटबेल्ट नबाँधी वा हेलमेट विना सवारी चलाउने ३७१ सवारीलाई कारबाहीमा गरेको छ।
त्यस्तै प्रदूषण स्टिकर नभएको वा म्याद समापप्त भएका ५१, साथमा कागज पत्र नभएको, जथाभावी यात्रु चढाउने झार्ने, ढोका खुल्ला गरी सवारी चलाएकोमा कारबाही गरेको छ।
नयाँ भाडा लिष्ट नराखेको, टिकट नदिएको, बढी यात्रु बोकेका सवारीलाई समेत कारबाही गरेको छ।
यातायात व्यवस्था विभागले एक महिनामा ७ लाख ३२ हजार रुपैयाँ कारबाहीबाट राजस्व संकलन गरेको छ।
18
Shares
प्रतिक्रिया