नवौँ राष्टिय खेलकुद प्रतियोगिता अन्तर्गत सुरु भएको पुरुष फुटबलमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को क्लब एनआरएनए स्पोर्ट्स एकेडेमीले विजयी सुरुवात गरेको छ।
पोखराको लामाचौरस्थित गोस्टेघाट फुटबल मैदानमा भएको खेलमा एनआरएनएले प्रदेश १ लाई २–० ले पराजित गरेको हो।
एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले गोल गरे। खेलको १० औँ मिनेटमा बिमलले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ५५ औँ मिनेटमा सञ्जोक राईले गोल थप्दै अग्रता दोब्बर पारे।
खेल सुरु हुनुअघि एनआरएनले राष्ट्रिय टोलीका खेलाडी राखेको भन्दै विरोध जनाएपछि खेल ढिला गरि सुरु भएको थियो। एनएआरएनले यसअघि राष्टिय खेलकुद परिषद् राखेपलाई बुझाएको लिष्टमा सिनियर टोलीका खेलाडीको नाम समावेश थिएन। तर सिनियर खेलाडी मैदान उतारेपछि खेल केहीबेर तनावग्रस्त बनेको थियो।
राखेपले नै खेल सुरु गर्न निर्देशन दिएपछि खेल सुरु गरिएको हो। यस विषयमा राखेपले एनआरएनसँग स्पष्टिकरण सोध्ने राखेपका एक सदस्यले जनाएका छन्।
Shares
प्रतिक्रिया