सानिमा बैंकले नेपालमै पहिलो पटक क्युआर कोड समाहित शैक्षिक कर्जा स्वीकृति पत्र प्रयोगमा ल्याएको छ।
विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा विद्यार्थीहरुले लिने शैक्षिक कर्जाको प्रमाणीकरण बैंकले विभिन्न निकायहरुमा गर्नुपर्ने हुन्छ। त्यही कारण यो प्रक्रियालाई सरल र छिटो गर्ने उद्देश्यले क्युआर कोडसहितको कर्जा स्वीकृति पत्र सानिमा बैंकले ल्याएको बैंकको भनाइ छ।
हाल कर्जा स्वीकृतिपत्रको प्रमाणीकरण विभिन्न निकायहरुबाट पटक–पटक फोन वा इमेलमार्फत हुँदै आएकोमा अब उप्रान्त कर्जा स्वीकृतिपत्रमा उल्लिखित क्युआर कोड स्क्यान गरी बैंकको आधिकारिक वेबसाइटमार्फत विश्वको कुनै पनि स्थानबाट केही क्षणमा नै कर्जा प्रमाणित गर्न सकिनेछ । यो प्रविधिले विद्यार्थीको भिसा प्रक्रिया सरल र छिटो गर्न पनि सहयोग मिल्नेछ ।
सानिमा शैक्षिक कर्जा बैंकका सबै शाखाहरुबाट उपलब्ध हुनेछ । बैंकले अधिकतम १ करोड रुपैयाँसम्म आकर्षक ब्याजदरमा १५ वर्षसम्मको कर्जा प्रदान गरेको छ।
Shares
प्रतिक्रिया