खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीमा बैंक लिङ्क’ अफर ल्याएको छ। यस अफर अन्तर्गत खल्तीले आफ्नो लिङ्क गरिएको बैंक खाता मार्फत भुक्तानी गर्ने योग्य प्रयोगकर्ताहरू मध्ये दैनिक एक जना भाग्यशाली विजेतालाई ३२ इन्चको टिभी जित्ने मौका प्रदान गर्दैछ।
साथै, प्रयोगकर्ताहरूले आफ्नो पहिलो पटक लिङ्क गरिएको खाताबाट पहिलो भुक्तानी गर्दा रु. १०० को बोनस तत्काल पाउनेछन्।
यो बोनस खल्तीमा पहिलो पटक आफ्नो बैंक खाता लिंक गर्ने र आफ्नो लिङ्क गरिएको बैंक खाताबाट पहिलो भुक्तानी पूरा गरेका प्रयोगकर्ताहरूका लागि लागु हुनेछ। यसैबीच, यस अफर अवधिमा आफ्नो लिङ्क गरिएको बैंक खाताबाट भुक्तानी गर्ने प्रयोगकर्ता मध्ये हरेक दिन एकजना भाग्यशाली प्रयोगकर्तालाई ३२ इन्च टिभी प्रदान गरिनेछ। खल्ती प्रयोगकर्ताहरूसँग बैंक खाता लिङ्क गर्नको लागि उनीहरूको केवाईसी प्रमाणित हुनुपर्छ।
यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘यस अफर मार्फत हामी प्रयोगकर्ताहरुलाई डिजिटल भुक्तानी गर्ने बानी बस्न प्रोत्साहित गर्न चाहन्छौं। खल्ती प्रयोगकर्ताहरूले अब आफ्नो लिङ्क गरिएको बैंक खाताबाट प्रत्यक्ष भुक्तानी गर्न सक्ने भएकाले वालेट ब्यालेन्स रिलोड गर्ने समस्याको सामना गर्नुपर्दैन।’
यस अफरलाई थप आकर्शित बनाउदै खल्तीले हरेक हप्ता को सोमबार र बिहिबार फायर सेल पनि ल्याएको छ। प्रयोगकर्ताले बिजुलीको बिल, ल्यान्डलाइन, चलचित्र, इन्टरनेट डाटा प्याक, जीवन बीमा, जस्ता सर्भिसमा हरेक दिउँसो १ बजे फायर सेलको लागि ५० प्रतिशतसम्म क्यासब्याकको प्राप्त गर्न सकिनेछ।
खल्तीमा बैंक खाता लिङ्क भएपछि, प्रयोगकर्ताहरूले युटिलिटि बिल, क्यूआर स्क्यान गरि भुक्तानी, उडान टिकट, बीमा भुक्तानी, मुभी टिकट, अन्य बैंक खातामा रकम ट्रान्सफर गर्ने जस्ता अन्य धेरै भुक्तानीहरू सीधै र छिटै लिङ्क गरिएको बैंक खाताबाट गर्न सक्द्छन्। यो अफर मङ्सिर २२ देखि माघ ७ २०७९ सम्म लागू हुनेछ। साथै, यदि बैंक खाता लिङ्क गरिएको छ भने खल्ती प्रयोगकर्ताले वालेट ब्यालेन्स लोड गर्न आवश्यक पर्दैन।
यस लगतै, खल्तीले आफ्नो चलिरहेको ‘खल्तीमा आइमा ई–स्कुटर’ अफर पनि सञ्चालन गरिरहेको छ जहाँ प्रयोगकर्ताहरूले रु १०० को टपअपमा एआईएमएस टाइगर एस५ईभी स्कुटर जित्न योग्य हुनेछन्। यसका साथै हरेक हप्ता एक जना भाग्यशाली विजेताले एआईएमएस गुडीज जित्ने मौका पाउनेछन्। तसर्थ, जो कोहीले आफ्नो बैंक खाता लिंक गरी भुक्तानी गर्छ भने दुवै प्रस्तावमा भाग लिन योग्य छन्।
Shares
प्रतिक्रिया