ad ad

कारोबार


दुई जनालाई आर्थिक पत्रकारिता पुरस्कार

दुई जनालाई आर्थिक पत्रकारिता पुरस्कार

नेपालखबर
मंसिर २८, २०७९ बुधबार ११:२७, काठमाडौँ

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्नो १३औँ वार्षिक साधारण सभाका अवसरमा २ पत्रकारलाई ‘भरतमोहन अधिकारी आर्थिक पत्रकारिता पुरस्कार’ दिएको छ। 

बुधबार बिहान आयोजित उद्घाटन कार्यक्रममा नाफिजले ५०/५० हजार राशिका पुरस्कार शिलापत्रकी सम्झना घिमिरे र विकासन्युजका सन्तोष रोकायलाई हस्तान्तरण गरेको हो। 

भरतमोहन अधिकारी फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले पुरस्कारले आर्थिक र खोज पत्रकारिता गर्न प्रोत्साहन मिल्ने बताएकी छन्। 

भरतमोहन अधिकारी ९ महिना अर्थमन्त्री हुँदा ‘आफ्नो गाउँ, आफैँ बनाऊँ’ अभियान, सामाजिक सुरक्षा भत्ता वितरण लगायत कार्यक्रमले चर्चित छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .