ad ad

कला


‘अवतार’सँग डरायो सरिताको ‘सरी मम’

‘अवतार’सँग डरायो सरिताको ‘सरी मम’

नेपालखबर
मंसिर २८, २०७९ बुधबार ११:३९, काठमाडौँ

कलाकार सरिता लामिछाने अभिनित फिल्म ‘सरी मम’को प्रदर्शन मिति सरेको छ। मंसिर २९ गतेदेखि प्रदर्शन गर्ने भनिएको यो फिल्मको प्रदर्शन मिति यसको २ दिनअघि मात्रै सारिएको हो। अब यो फिल्म माघ ५ गते प्रदर्शन हुने भनिएको छ। 

हलिउड फिल्म ‘अवतार’ यही मिति (मंसिर २९ गते) मा आएकाले आफ्नो फिल्म सारेको निर्माता विनोद लामाले बताएका छन्। एनएफआई क्रियशनको ब्यानरमा निर्माण भएको फिल्मले लागुऔषध दुर्व्यसनीको कथा भन्ने छ। 

फिल्मको ट्रेलरमा पनि कुलतमा परेका एक किशोर र त्यसले उनको परिवार र जीवनमा ल्याएको उतारचढावको कथा छ। नवीन बोगटीले निर्देशन गरेको यो फिल्ममा सरिताका साथमा सरोज खनाल, एलिस राई, प्रभात पल, प्रेविल कँडेल, आरबी कटुवाल, बिहान श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन्। 

आयुष बुढाथोकी र सरोज पौडेलले लेखेको फिल्म निर्माणमा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ विनोदसँग सहकार्य गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .