ad ad

कारोबार


इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानमा हरेक दिन जोडिँदै नेपालीहरु

इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानमा हरेक दिन जोडिँदै नेपालीहरु

नेपालखबर
पुस १५, २०७९ शुक्रबार १३:२६, काठमाडौँ

डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले आयोजना गरेको ‘मेरो डिजिटल देश’ अभियानप्रति नेपालीहरूको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ। 

वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवर्द्धनका लागि इसेवा मनी ट्रान्सफरले यो अभियान सुरू गरेको थियो। हाल यस अभियानमा विदेशमा रहेका नेपालीहरुको उत्साहजनक सहभागिता रहेको छ। नेपालीहरू हरेक दिन यस अभियानमा जोडिँदै जाने क्रम बढ्दो छ। यो अभियान आगामी चैत ६ गतेसम्म सञ्चालनमा रहनेछ।

यस अभियानअन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ६५ लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन्। साथै, विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ। यस अभियानमा सहभागी भइ इसेवा मनि ट्रान्सफर मार्फत रकम पठाउँदा हरेक महिना एक जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन्। 

आर्थिक विकास विना कुनै पनि राष्ट्र सम्मुनत बन्न नसक्ने भन्दै आर्थिक विकासका लागि देशभित्र र बाहिर रहेका नेपालीको योगदान पनि उत्तिकै महत्त्वपूर्ण हुने हुनाले इसेवा मनी ट्रान्स्फरले यस अभियान सञ्चालन गरेको हो। मेरो डिजिटल देश अभियानमार्फत विदेशमा रहेका समस्त नेपालीहरुलाई डिजिटल र वैधानिक माध्यमबाट देशमा रेमिट्यान्स पठाएर देशको आर्थिक उन्नतीमा योगदान पुर्याउन यस अभियानले मद्दत पुर्याउने इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाको भनाइ छ। 

यस अभियानमा अभिनेता राजेश हमाल पनि जोडिएका छन्। हमालले यस अभियानसँग जोडिएर देश तथा विदेशमा गई डिजिटल रेमिट्यान्ससम्बन्धी जागरुकता जगाउने कार्यमा सक्रियता जगाएका छन्। उनले केही दिनअघि मात्र करिब ४ लाख नेपाली रहेको युएईमा गइ यस अभियानको प्रवद्र्धन गरेका थिए। 

यसैगरी नेपाली सिनेजगतकी चर्चित नायिका स्वस्तिमा खड्काले पनि यस अभियानको प्रचार–प्रसारमा क्रियाशील रहनुभएको छ । सोही क्रममा उहाँले हालसम्म हरेक महिना पाइने आकर्षक उपहार अन्तरगत दुइ जनालाई घरसम्मै पुगेर आकर्षक उपहार समेत प्रदान गरिसकेका छन्। 

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .