माछापुच्छ्रे बैंकका ग्राहकले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेशनल क्लिनिकमा विशेष छुट पाउने भएका छन्।
दुई संस्थाबीच सोमबार व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको हो।
सम्झौतामा ब्लुबर्ड क्लिनिकका तर्फबाट मेनेजर जितेन्द्र करणजितले र माछापुच्छ्रे बैंकका तर्फबाट ब्रान्च मेनेजर बरुण अर्यालले हस्ताक्षर गरेका छन्।
योसँगै उक्त बैंकका ग्राहक र कर्मचारीले क्लिनिकका उपलब्ध सेवामा छुट दिनेछ। यसअनुसार बैंकका कार्डवाहक र कर्मचारीले क्लिनिकमा विशेष छुट पाउनेछन्।
क्लिनिकले विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।
51
Shares
प्रतिक्रिया