ad ad

कारोबार


माया खोला हाइड्रोपावरको सेयर बाँडफाँट

माया खोला हाइड्रोपावरको सेयर बाँडफाँट

नेपालखबर
पुस २२, २०७९ शुक्रबार १८:२, काठमाडौँ

प्रभु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन भएको माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर बाँडफाँट गरिएको छ। 

प्रतिकित्ता १०० रुपैयाँ अकिंंत दरको २ लाख ४० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि छुट्याइएको थियो। 

सेयरहरु गत मंसिर २३ देखि पुस ८ सम्म आवेदन खुल्ला गरिएको थियो। सि—आस्बा सदस्य बैक तथा वित्तीय संस्थाबाट जम्मा ८ हजार ८०७ जना आवेदकहरुबाट ७ लाख ७४ हजार २३० कित्ता सेयरको लागि आवेदन दिएका थिए।

सोमध्ये ५४८ जना आवेदकहरुबाट प्राप्त ४७ हजार ३६० कित्ता सेयरको लागि आवेदन रद्द गरेपश्चात बाँकी रहेको ८ हजार २५९ जना आवेदकहरुको ७ लाख २६ हजार ८७० कित्ता सेयरको लागि आवेदन प्राप्त भएकोमा निष्काशन तथा बिक्री प्रबन्धकबाट आवेदन रुजु गर्दा १ जना आवेदकले दुई वटा हितग्राही खाताबाट ३० कित्ता सेयरको लागि आवेदन गरेकोले सोलाई रद्द गरी बाँकी हुन आएको ८ हजार २५७ जना आवेदकहरुबाट प्राप्त ७ लाख २६ हजार ८४० कित्ता सेयरको आवेदन प्राप्त भएको थियो। 

सोमध्ये शुक्रबार १० कित्तादेखि ३० कित्ता आवेदकहरुलाई माग बमोजिम तथा ४० कित्तादेखि ६,३०० सम्म आवेदन दिने आवेदकहरुलाई ३० कित्ताको दरले गरी जम्मा ८ हजार २५७ जना आवेदकहरुलाई २ लाख १५ हजार ६७० कित्ता शेयर बाँडफाँट गरिएको हो। बाँकी रहेको सेयरको लागि ४० कित्तादेखि ६,३०० कित्ता सेयर आवेदन दिने ५,४८३ जना आवेदकहरुबाट २४,३३० कित्ता गरी जम्मा २,४०,००० कित्ता शेयर बाँडफाँट सम्पन्न गरिएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .