हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टले एण्ड डेभलपमेन्ट कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ।
कम्पनीले २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता सेयर बिक्री गर्नलागेको हो।
कम्पनीले यसअघि बिक्री नभएको सेयर पुनः गोप्य सिलबन्दी बोलपत्रमार्फत निष्कासन गर्न लागेको छ।
इच्छुक व्यक्ति, संस्था वा कम्पनीले २०७९ फागुन ८ गतेभित्र सेयर खरिद गर्न आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर खरिद गर्न ग्लोबल आईएमई क्यापिटल, नक्साल, काठमाडौं र आईएमई बैंकको शाखा कार्यालय शंखमुल–नयाँ बानेश्वर, बिर्तामोड, जनकपुरधाम, आर्दशनगर, हेटौडा, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नेछन्।
आवेदनले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।
24
Shares
प्रतिक्रिया