सुनको मूल्य पछिल्लो ८ दिनयता १ लाख ६ हजार रुपैयाँ प्रतितोला वरिपरि घुमिरहेको छ।
यही माघ १० गते सुनको मूल्य १ लाख ६ हजार ३ सय पुगेको थियो। त्यसयता सामान्य दरमा फेरबदलमात्रै भएको छ।
आज बुधबार सुन फेरि ५ सय रुपैयाँले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ। तेजाबी सुन पनि सोही दरमा बढेर १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ।
माघ १२ गते हालसम्मकै महँगो हुने क्रममा सुन १ लाख ६ हजार ९ सयको उच्च मूल्यविन्दुमा पुगेको थियो।
आज चाँदी पनि ५ रुपैयाँ प्रतितोला महँगो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको छ।
हेर्नुहोस् माघ १८ सम्मको मूल्य विवरण
33
Shares
प्रतिक्रिया