साओमीको आधिकारिक बिक्रेता वत्सल इम्पेक्स प्रा.लिले ५ अर्ब ४ करोडको रुपैयाँको बिक्री गरेको छ।
सारडा ग्रुपअन्तर्गतको कम्पनी वत्सल इम्पेक्सले गत आर्थिक वर्षमा ४० करोडको व्यापार घटेको हो।
चिनियाँ मोबाइल तथा एसेसरिज ब्रान्ड साओमीले पछिल्ला २ वर्षमा ५ अर्ब बढीको कारोबार गरेको छ। कम्पनीले इजभिज, टाईवाच र फिटविटको बिक्रेता समेत रहेको छ।
वत्सल इम्पेक्सले २०७५÷७६ मा १ अर्ब १६ करोड रुपैयाँको बिक्री गरेकोमा २०७६÷०७७ मा २ अर्ब १३ करोडको माबाइल तथा एसेसरिज बिक्री गरेको छ। २०७७÷०७८ मा ५ अर्ब ४४ करोड रुपैयाँको बिक्री गरेको थियो।
विनित कुमार सारडा कम्पनीको अध्यक्ष रहेका छन् नितेश कुमार मुङगडा प्रबन्धनिर्देशक रहेका छन्। सारडा ग्रुपले उत्पादन, ट्रेडिङ, बैंकिङ र हाउजिङ क्षेत्रमा लगानी रहेको छ।
27
Shares
प्रतिक्रिया