उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभएको बताएका छन्।
नाडा अटो मोबाइल एशोसिएसन नेपालको ४६ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले विलासिताको वस्तुको परिभाषा परिवर्तन हुँदै जाने बताए।
‘राज्यले सडक पूर्वधारमा अर्बौं लगानी गरेको छ। त्यसमा गुड्ने साधनलाई विलासिताको ट्याग लगाउन मिल्दैन’ उनले भने।
विद्युतमा आत्मनिर्भर भई निर्यातको अभ्यास गरिरहेकाले विद्युतीय गाडीको प्रयोग बढाउन नेपालको आवश्यक रहेको बताए।
अर्थतन्त्रका बाह्य क्षेत्रमा सकरात्मक परिवर्तन भैरहेपनि केही सूचक जोखिममा रहेकाले राज्यका बाध्यत्मक अवस्थाबारे पनि बुझ्न आवश्यक रहेको बताए।
काठमाडौंमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र माग भएकोमा उनले जग्गा व्यवस्थापन मुख्य समस्या रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले राष्ट्रपतिले नै ब्याजदर बढ्दा व्यवसाय गर्ने वातावरण नरहेको स्विकार गरेको बताए।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले नयाँ सरकार आएसँगै उत्साह आएको बताएका छन् ।
उनले व्यवसायी उत्साही बनेपनी अटो व्यापार ८० प्रतिशतले घटेको बताए।
उनले सरकारका ६ वटा निकायमा मात्रै वार्षक कर बुझाउनुपर्ने अवस्था रहेको छ।
Shares
प्रतिक्रिया