सेयरबजारमा फेरि गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १६.४० अंकले घटेर २१०५.४६ विन्दुमा आइपुगेको हो।
आज ४५ वटा कम्पनीको सेयर बढे पनि लगानीकर्ताले ६.१२ प्रतिशतसम्म मात्र आम्दानी गरेका छन्।
त्यस्तै १६२ कम्पनीको सेयर घटेको दिन ५.०७ प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन्।
आज हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ७ करोडको सेयर किनबेच भएको हो।
योसँगै २५५ कम्पनी खरिदबिक्रीमा सामेल भएको बजारमा १ अर्ब ७८ करोड ७० लाखको कारोबार भएको हो।
24
Shares
प्रतिक्रिया