नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा हिमालय बैंकसहित दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।
शुक्रबार हिमालयन बैंक र राधि विद्युत कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
हिमालयन बैंकको १ करोड ३ लाख ७४ हजार ९८०.५८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। यस्तै राधी विद्युत् कम्पनीको पनि ७ लाख ५९ हजार ९९०.८४२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।
नेप्सेमा सूचीकृत दुवै कम्पनीको बोनस सेयर, सम्बन्धीत सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरिदबिक्री गर्न सकिनेछ।
51
Shares
प्रतिक्रिया