ad ad

कारोबार


एनआईसी एसिया लघुवित्तको अध्यक्षमा राठी र सञ्चालकमा भारी नियुक्त

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा राठी र सञ्चालकमा भारी नियुक्त

नेपालखबर
फागुन ८, २०७९ सोमबार १९:७, काठमाडौँ

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सन्तोष कुमार राठी र सञ्चालकमा दिनेश भारी नियुक्त भएका छन्। 

संस्थाको संस्थापक एनआईसी एसिया बैंक लिमिटेडको ५ गते बसेको सञ्चालक समितिको ५९० औँ बैठकले उनीहरुलाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाएको थियो।  

लघुवित्तको ८ गते बसेको १६६औँ सञ्चालक समितिको बैठकले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि उनीहरुलाई नियुक्त गरेको हो। 

उक्त सञ्चालक समिति बैठकबाट नै संस्थाको नियमावलीमा भएको व्यवस्थाबमोजिम सबै सञ्चालकहरुको सर्वसम्मतिमा सञ्चालक राठीलाई संस्थाको सञ्चालक समितिको अध्यक्ष चयन गरिएको उक्त संस्थाले जनाएको छ। 

उक्त पदमा यसअघि सञ्चालकहरु कपिल ढकाल र प्रकाश बराल संस्थापक समूहमा संस्थापक एनआईसी एसिया बैंकको तर्पmबाट प्रतिनिधित्व गर्दै आइरहेका थिए। 

नवनियुक्त सञ्चालक (अध्यक्ष) राठीले ८ गते प्रचलित कानुन तथा नियमानुसार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टसमक्ष शपथ ग्रहण गरी सोही दिनबाट पद बहाल गरेका छन्। 

त्यस्तै सञ्चालक भारीले संस्थाका अध्यक्ष राठीसमक्ष शपथ ग्रहण गरी पद बहाल गरेको लघुवित्तले जनाएको छ। 

राठी र भारी हाल एनआईसी एसिया बैंकमा क्रमशः नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख कानुन अधिकृतमा कार्यरत छन्। 

राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव छ भने भारीको कानुन तथा बैंकिङ्ग क्षेत्रमा करिब २२ वर्षको अनुभव छ। 

यस संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले १६६औँ सञ्चालक समितिको बैठकमा उच्चतम बैंकिङ्ग अनुभव प्राप्त व्यक्तिहरुलाई संस्थाको सञ्चालकका रुपमा स्वागत गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .