ad ad

कारोबार


सरकारको कोष १ खर्ब २० अर्ब घाटामा

सरकारको कोष १ खर्ब २० अर्ब घाटामा

नेपालखबर
फागुन ९, २०७९ मंगलबार १९:३८, काठमाडौँ

संघीय सरकारको कोष १ खर्ब २० अर्ब घाटामा रहेको छ। चालू आर्थिक वर्षको हालसम्म सरकारको खर्च भन्दा आम्दानी कमजोर बन्दा कोष ठूलो घाटामा पुगेको हो। 

महालेखा नियन्त्रकको कार्यालय अनुसार चालू आर्थिक वर्षको हालसम्म सरकारको कुल आम्दानी ५ खर्ब ६८ अर्ब रुपैयाँ मात्रै भएको छ। 
तर अहिलेसम्मको खर्च भने ६ खर्ब ८८ अर्ब भैसकको छ। 

चालू आर्थिक वर्षमा सरकारको खर्चको कुरा गर्ने हो भने चालू खर्च अत्याधिक भैरहेको छ। चालू खर्च र सरकारको कुल आम्दानी झण्डै बराबरी देखिएको छ। 

चालू आर्थिक वर्षको हालसम्म चालू खर्च ५ खर्ब ४८ खर्ब र सरकारको कुल आम्दानी ५ खर्ब ६८ अर्ब रहेको छ। 

त्यसमा राजश्वबाट आम्दानी जम्मा ५ खर्ब २९ अर्ब रुपैयाँ मात्रै रहेको छ। महालेखाको यो तथ्याङ्कले सरकारको राजश्वले चालू खर्च धान्न धानिरहेको छैन।

चालू आर्थिक वर्षको कुल खर्चमा विकास खर्च जम्म १८ प्रतिशत मात्रै भएको छ। चालू आर्थिक वर्षको ७ महिना सकिँदा विकास खर्च ३ खर्ब ८० अर्ब रुपैयाँ गर्ने भनिएपनि अहिलेसम्म ७० अर्ब रुपैयाँ भन्दा धेरै सरकारले विकास निर्माणमा खर्च गर्न सकको छैन। 

अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा ल्याएको कुल बजेटको आकार समेत घटाएको छ। आम्दानी कम हुँदै गएको र खर्च समेत कमजोर भएकोले चालू आर्थिक वर्षमा १४ प्रतिशत बजेटको आकार कम गरेको हो।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .