ad ad

कारोबार


पोखराबाट अन्तर्राष्ट्रिय उडानको सहजीकरण गरिदिन राष्ट्रपतिसँग मुख्यन्त्रीको आग्रह

पोखराबाट अन्तर्राष्ट्रिय उडानको सहजीकरण गरिदिन राष्ट्रपतिसँग मुख्यन्त्रीको आग्रह

नेपालखबर
फागुन १०, २०७९ बुधबार २०:४३, पोखरा

राष्ट्रपति विद्यादेवी भण्डारी र गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ।

बागलुङ कालीका मन्दिरको दर्शन गरेर फर्कने क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकीका मुख्यमन्त्रीले राष्ट्रपति भण्डारीसँग भेटघाट गरेका हुन्।

गण्डकीका मुख्यमन्त्रीका प्रेस संयोजक सुशन घिमिरेका अनुसार राष्ट्रपतिसँगको भेटमा मुख्यमन्त्रीले पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि आवश्यक पहल गरिदिन आग्रह गरेका थिए। भेटमा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीसहितका निजामति कर्मचारीको पनि उपस्थिति रहेको थियो।

रात्रिकालीन उडानको लागि पोखरा एयरपोर्ट तयार  
गएको पुस २७ गते उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।

भारतले एयर रुट नदिएको र तत्काल अन्तर्राष्ट्रिय हवाइ कम्पनीहरुले पोखरा विमानस्थलप्रति चासो नदेखाएकाले यहाँबाट छिमेकी देशका सहरहरुमा उडान हुन नसकेको पोखरा एयरपोर्टका प्रमुख विक्रम गौतमले बताए।

उनका अनुसार विमानस्थलबाट रात्रिकालीन उडानको भने तयारी गरिएको छ। उनका अनुसार विमानस्थलमा जडान गरिएको इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणालीको सफल परीक्षण सम्पन्न भएको छ।

‘हामीले हिजो र आज (मंगल र बुधबार) सबै प्रणालीको चेकजाँच गर्यौं,सबै स्वचालित प्रणाजी हो,’उनले भने,‘भोलि (बिहीबार) देखि हामी राति १२ बजेसम्म एयरपोर्टमा तम्तयार अवस्थामा रहन्छौँ।’

रात्रिकालीन उडानको लागि विमानस्थल तयार भए पनि बिहीबारबाटै उडान भने हुनेछैन।

‘हामी तयारी अवस्थामा छौं, यो भनेको होटलमा खाना तयार छ, पाहुना आउँछन् कि आउँदैनन् भनेजस्तै हो,’उनले भने, ‘एयरलाइन्स कम्पनीहरुले रात्रिकालीन उडानको तयारी भने गर्दैछन् भन्ने जानकारी आएको छ।’

उनका अनुसार आइएफआर पूर्ण यान्त्रिक प्रणाली हो। भिजुअल फ्लाइट रुल्स (भिएफआर) को तुलनामा यो प्रणाली सुरक्षित र सहज भएको गौतमको भनाइ छ।

विमानस्थल प्रमुख गौतमका अनुसार बुद्ध एयरले ५ वटा जहाज पोखरामै राखेर रात्रिकालीन उडान भर्ने तयारी भने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .