आत्मनिर्भर लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि आज (फागुन ११ गते) देखि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ।
लघुवित्तले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता आईपीओ बिक्री खुला गरेको हो। लघुवित्तले १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि निष्कासन गरिसकेको छ।
यस्तै, जारी पुँजीको ०.५५ अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने फागुन २५ गतेसम्म पनि भर्न पाइनेछ। लगानिकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।
Shares
प्रतिक्रिया