कारोबार


गाँजाखेतीको सकारात्मक पक्षलाई उजागर गर्नुपर्छ : पूर्वमन्त्री तामाङ

गाँजाखेतीको सकारात्मक पक्षलाई उजागर गर्नुपर्छ : पूर्वमन्त्री तामाङ

फाइल तस्बिर


नेपालखबर
फागुन १२, २०७९ शुक्रबार ६:४१, काठमाडौँ

पूर्वमन्त्री शेरबहादुर तामाङले गाँजा खेतीको सकारात्मक पक्षलाई उजागर गर्न जरुरी रहेको बताएका छन्। नीति अनुसन्धान प्रतिष्ठानद्वारा बिहीबार आयोजित ‘नेपालमा गाँजा खेतीको वैधानिकीकरण : सम्भावना र चुनौती’ विषयक कार्यक्रममा कानुनले गाँजा खेतीलाई वैधानिक नमानेकाले अनुसन्धानकर्ताले यसको सकारात्मक पक्ष उजागर गरे कानुनी प्रक्रियालाई प्रभावमा पार्न सकिने बताए। 

प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीले नीति अनुसन्धान प्रतिष्ठान र स्वास्थ्य अनुसन्धान परिषद्ले संयुक्त रूपमा गरेको अनुसन्धानमा गाँजा खेतीको प्रभाव, वर्तमान परिवेश, मार्गदर्शनबारे अध्ययन गरी सम्बन्धित निकायलाई सिफारिस गरेको जानकारी गराए। उक्त अध्ययनबाट गाँजाको सकारात्मक पक्षलाई स्पष्ट पार्न मद्दत पुयाउन सक्ने उनको भनाइ छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले राज्यले गाँजा खेतीको विकासबारे नीतिगत व्यवस्था गर्न ढिलाइ गर्नु हुँदैन भन्दै गाँजा खेतीले नेपालको अर्थतन्त्रलाई कायापलट गर्छ भन्नेमा दुईमत नरहेको बताए।

कार्यक्रममा गाँजाका सम्बन्धनमा पर्याप्त अनुसन्धान नभएको, औषधि प्रयोजनका लागि राज्यले प्राथमिकता दिनुपर्ने, नीति प्रतिष्ठानले यस विषयलाई मूल विषय बनाउनुपर्ने, आर्थिक लाभको बलियो आधार, नियमन र व्यवस्थापन गर्ने गरी कानुन निमार्ण गर्नुपर्ने विषयमा छलफल भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .