ad ad

कारोबार


मुख्यमन्त्री जम्कटेल भन्छन्– भ्यु टावर बनाउनुअघि सोचौँ

मुख्यमन्त्री जम्कटेल भन्छन्– भ्यु टावर बनाउनुअघि सोचौँ

नेपालखबर
फागुन १७, २०७९ बुधबार १७:३०, काठमाडौँ

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले पर्यटन पूर्वाधार बनाउँदा डाँडामा भ्यू टावर आवश्यक नभएको बताएका छन्। 

होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको दोस्रो अधिवेशन उद्घाटन गर्दै अग्लो डाँडोमा भ्यू टावर बनाउन उपयुक्त नहुने उनले बताएका हुन्। 

मुख्यमन्त्री जम्कटेलले पर्यटन पूर्वाधार कस्ता बनाउने भन्ने व्यवसायीले सुझाव दिनुपर्ने बताए। उनले डाँडामा भ्यू टावर बनाउँदा कति फाइदा हुन्छ भनेर पनि सोच्नुपर्ने बताए।

व्यापार व्यवसाय वृद्धिको लागि राजनीतिक स्थायित्व आवश्यक रहेको बताउँदै उनले पर्यटक विदेशी मात्रै होइन स्वदेशीलाई प्राथमिकता दिनुपर्छ भन्ने मान्यता विकास हुनलागेको उल्लेख गरे। 

होटल व्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार चुकेले साना तथा मझौला होटल तथा रेष्टुरेन्टले स्थानीय उत्पादनलाई खपत गरेको बताए। अध्यक्ष चुकेले कोभिडयता होटल व्यवसायीले पूर्ण रूपमा चल्न नसकेको र बैंकले ऋण तिर्नुपर्ने समय सार्नुपर्ने बताएका छन्। 

करिब १ लाख होटल तथा पर्यटन व्यवसायी रहेकोमा महासंघअन्तर्गत ८० हजार  व्यवसायी आबद्ध रहेको जानकारी दिए। 

होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले पर्यटन व्यवसायलाई राज्यले राम्रोसंग नहेरेको बताए। राज्यले अन्य व्यवसायलाई जस्तै होटल तथा पर्यटन व्यवसायीलाई हेर्नुपर्ने बताए। 

सरकारले तारे र ठूला होटललाई मात्रै सम्बोधन गरेको व्यवसायीले बताएका छन्। २०३५ सालमा बनेको पर्यटन ऐनले होटल रेष्टुरेन्टलाई राम्रोसँग सम्बोधन नगरेको व्यवसायीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .