ad ad

कारोबार


फेरि घट्यो सेयरबजार, कसले कति गुमाए?

फेरि घट्यो सेयरबजार, कसले कति गुमाए?

नेपालखबर
फागुन १८, २०७९ बिहिबार १५:२५, काठमाडौँ

सेयरबजारमा साताको अन्तिम कारोबार दिन पनि गिरावट आएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक २६.४८ अंकले घटेको हो। 

योसँगै १९ कम्पनीका कम्पनीको सेयर बढे पनि १९४ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। 

तीनवटा कम्पनीको सेयर भने उही मूल्यमा कारोबार भएको छ। 

बजारमा आज २५६ कम्पनीको ३६ लाख कित्ता सेयर १ अर्ब ३३ करोडमा कारोबार भएको हो। 

दिनभरिमा आज २८ हजार ५ सय पटक खरिदबिक्री भएको नेप्सेले जनाएको छ। 

कमाउनेभन्दा गुमाउने धेरै 
आजको कारोबारमा कमाउने दरभन्दा गुमाउने दर धेरै छ। 

आज लगानीकर्ताले सर्वाधिक ४.२९ प्रतिशतसम्म कमाउँदा ७ प्रतिशतसम्म गुमाएका छन्। 

बुद्धभूमि नेपाल हाइड्रोका लगानीकर्ताले ४.२९ प्रतिशत कमाएका हुन्। अन्य लगानीकर्ताले योभन्दा कम दरमा आम्दानी गरेका छन्। 

त्यसैगरी ग्लोबल आईएमई लघुवित्तका लगानीकर्ताले ७ प्रतिशत गुमाएका छन्। यसबाहेक स्वाभिमान लघुवित्तको सेयर ५.८० प्रतिशतले, नाडेप लघुवित्तको सेयर ५.७४ प्रतिशतले घटेको छ। 

आज हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड १२ लाखको सेयर कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .