नेपाल उद्योग वणिज्य महासंघको केन्द्रीय सदस्यमा शिव घिमिरेले उम्मेदवारी घोषणा गरेका छन्।
महासंघको आगामी कार्यकालका लागी हुन गइरहेको आसन्न निर्वाचनमा वस्तुगत तर्फको केन्द्रीय सदस्य पदमा नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष एवं सल्लाहकार घिमिरे उम्मेदवार हुने भएका हुन्।
चैत २८ गते महासंघले निर्वाचन गरी नयाँ नेतृत्व चयन गर्दैछ।
नेपाल एलपी ग्यास उद्योग संघ कार्यसमितिको बैठकले संघको तर्फबाट घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
घिमिरे लामो समयदेखि पेट्रोलियम एलपी ग्यास, उर्जा लगायत विभिन्न व्यवसायमा संलग्न रहेका छन्।
व्यवसायिक ज्ञान भएका उनलाई महासंघको आसन्न निर्वाचनमा विजय गराउन पनि संघले अपिल गरेको छ।
15
Shares
प्रतिक्रिया