ad ad

कारोबार


रुपन्देहीका अर्जुन खरालको परिवारलाई एनआईसी एसिया बैंकले दियो बीमाबापतको १० लाख

रुपन्देहीका अर्जुन खरालको परिवारलाई एनआईसी एसिया बैंकले दियो बीमाबापतको १० लाख

नेपालखबर
फागुन २३, २०७९ मंगलबार १६:८, काठमाडौँ

एनआईसी एसिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका रुपन्देहीस्थित शुद्धोधन गाउँपालिकाका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमाबापतको १० लाख उपलब्ध गराएको छ। 

मृतक खरालले बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका थिए। उनको खातामा उपलब्ध दुर्घटना बीमाबापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ।  

बैंकले हालसम्म २०७९ जना ग्राहकहरुलाई बीमा दाबी गरेबापतको ७ करोड ८८ लाखभन्दा बढी रकम प्रदान गरिसकेको छ। जसमध्ये घातक रोग बीमाबापत २७ जनाले २ करोड ९० लाख, दुर्घटना बीमाबापत १३ जनाले १ करोड ३० लाख र मेडिकल बीमाबापत २ हजार ३९ जनाले ३ करोड ६७ लाख बीमा रकम प्राप्त गरिसकेका छन्। 

बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ। यसअन्तर्गत ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोग बीमा र ४ लाखसम्मको औषधि उपचार बीमा प्राप्त गर्छन्। 

औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि ८० हजारसम्म प्राप्त गर्न सक्नेछन्।   

एनआई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो। यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .