ad ad

कारोबार


अर्थविद् भन्छन्– सरकारका वाणिज्य नीति तथ्य तथ्याङ्कमा आधारित छैनन्

अर्थविद् भन्छन्– सरकारका वाणिज्य नीति तथ्य तथ्याङ्कमा आधारित छैनन्

नेपालखबर
फागुन २३, २०७९ मंगलबार १६:५२, काठमाडौँ

अर्थविद् तथा काठमाडौं विश्वविद्यालयका प्रोफेसर प्रा.डा.अच्युत वाग्लेले सरकारका वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित नभएको बताएका छन्। 

मंगलबार काठमाडौं विश्वविद्यालय र विश्व व्यापार संगठनले आयोजना गरेको व्यापार खुलापनले ल्याउने आर्थिक विकास र व्यवसायको दिगोपन सम्बन्धि पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्। 

उनले सरकारले बनाउने वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित बनाउन सहयोग मिल्ने सम्मेलनको उद्देश्य रहेको बताए। उनले नेपालमा उत्पादन भएका वस्तुहरुको विदेशमा निर्यात बनाउनको लागि वाणिज्य नीति तथ्य तथ्याङ्कमा आधारित भएर बनाउन आवश्यक रहेको बताए।

उनले तथ्य तथ्याङ्कमा आधारित भएको नीति नबनाएसम्म नेपालबाट विदेशम कति वस्तुहरु निर्यातको सम्भावना छ र अहिलेसम्म कति निर्यात भएको छ भन्ने विषयमा जानकारी हुने बताए। उनले सम्मेलनमा सरकारले बनाएका वाणिज्य नीतिहरु किन प्रभावकारी नभएको भन्ने बारेमा कार्यपत्र प्रस्तुत गरिने बताए। 

उनले भने, ‘नेपालमा जति पनि वाणिज्य दिगोपनको लागि नीतिहरु बनिरहेका छन् । त्यस्ता नीतिहरु तथ्य तथ्याङ्कमा आधारित छैन।’ 

उनले नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत पुग्न लागेको भन्दै आर्थिक दिगोपनका दृष्टिले जोखिम पूर्ण रहेको बताए। सम्मेलन मंगलबार र बुधवार गरी दुई दिनसम्म चल्नेछ। 

सम्मेलनमा भारत र पोल्याण्डका प्रोफेसरहरुको सहभागिता रहेको छ भने भारतबाट पूर्ववाणिज्य सचिव अनुप वाधवानको समेत सहभागिता छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .