कारोबार


होटल बुकिङ २५ प्रतिशत मात्रै, घाटामा चलाउँदै व्यवसायी

होटल बुकिङ २५ प्रतिशत मात्रै, घाटामा चलाउँदै व्यवसायी

नेपालखबर
चैत ६, २०७९ सोमबार १५:२०, काठमाडौँ

होटल संघ नेपालले होटल बुकिङ २५ प्रतिशत मात्रै रहेको बताएको छ। 

होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहले होटलहरु घाटामा चलिरहेको बताएका हुन्। 

होटलहरु ३५ देखि ३८ प्रतिशतसम्म हुँदा खर्च उठ्नसक्ने व्यवसायी बताउँछन्। 

हानले पत्रकार सम्मेलन गरेर नै भविष्य राम्रो हुने देखेर घाटामा होटल चलाइरहेको बताएका छन्। 

सरकारी नीतिअनुसार होटल व्यवसायी सामान्य अवस्थामा रहेको देखाए पनि व्यवसायी सामान्य नरहेको बताएका छन्। 

होटल संघकी अध्यक्ष सिर्जना राणाले हरेक पटक मन्त्री र सचिवलाई आफ्ना समस्या पढाउँदै जानुपर्ने अवस्था रहेको बताइन्। 

उनले मन्त्रालय संथागत रुपमा चल्न नसक्दा मन्त्री र सचिव परिवर्तन हुँदा पर्यटनको विषयमा एउटै कुरा दोहोराउनु परेको बताइन्। 

सिद्धार्थ होटल व्यवसायी संघका अध्यक्ष सिपी श्रेष्ठले काठमाडौंमा केही बुकिङ भए पनि बाहिर १०–१२ प्रतिशत मात्रै होटल अकुपेन्सी रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .