ad ad

कारोबार


सगरमाथा आरोहणमा गएका ३ जना हिमपहिरोमा बेपत्ता

सगरमाथा आरोहणमा गएका ३ जना हिमपहिरोमा बेपत्ता

फाइल तस्बिर


नेपालखबर
चैत २९, २०७९ बुधबार १४:४१, काठमाडौँ

सगरमाथा आरोहणका क्रममा ३ जना हिमपहिरोमा परेका छन्।  

बुधबार बिहान हिमपहिरोमा परेर ३ जना बेपत्ता भएको पर्यटन विभागले जनाएको हो। 

बेपत्ताको खोजी र उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रयास भइरहेको छ।

पर्यटन विभागका निर्देशक युवराज खतिवडाले घटनाको पुष्टि गरे। एसपीसीसी र इम्याजिन नेपालको संयुक्त टोली उद्धारका लागि मुभ भए पनि सफल नभएको खतिवडाले जानकारी दिए। 

उनका अनुसार बेपत्ताहरुमा डा छिरि शेर्पा, लाक्पा टेन्डी शेर्पा, लाक्पा रिता शेर्पा रहेका छन्। 

सगरमाथा बेस क्याम्प र क्याम्प १ को बीचमा पर्ने ड्याम क्षेत्रमा हिमपहिरो गएको विभागले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .