नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पदबहाली ग्रहण गरेका छन्।
ढकालले आइतवार टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा अध्यक्ष पदको पदबहाली गरेका हुन्।
महासंघको वरिष्ठ उपाध्यक्षमा रहेका ढकाल महासंघको विधान अनुसार स्वतः अध्यक्ष भएका हुन्।
ढकालले गत बिहीवार निःर्वतमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।
अध्यक्ष ढकालले सानो व्यवसायीले पनि महासंघको नेतृत्व गर्नसक्छ भन्ने उदाहरण आफैँ भएको बताए। उनले नागरिकको अपेक्षा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसायको रुपमा काम गर्दा सफल हुने बताए।
उनले कतिपय व्यवसायीहरुलाई महासंघमा आफ्नो प्रतिनिधित्व हुँदैन भन्ने चिन्तामा रहेको भन्दै आफू सानो व्यवसायबाट नेतृत्वमा आएकाले सानो व्यवसायीहरुको महासंघमा प्रतिनिधित्व गराउने गरी काम गर्ने प्रतिवद्धता
जनाए।
उनले महासंघको नेतृत्वमा रहँदासम्म ५ काम गर्ने प्रतिवद्धता गरे। ढकालले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रो लगानीको वातावरण बनाउन पहल गर्ने बताए।
ढकालले उद्योग व्यवसायमा आन्तरिक तथा वैदेशिक लगानीको वातारण बनाउन नसकिने भन्दै सरोकारवाला पक्षहरु
सरकार, नियमनकारी निकायसँग निजी क्षेत्रको तर्फबाट पहल गर्ने बताए।
उनले सरकार र निजी क्षेत्रबीच साझेदारी गरे मात्रै व्यवसायिक गतिविधिहरु बढ्ने भन्दै सरकार र निजी क्षेत्रबीचको साझेदारी बढाउने प्रतिवद्धता जनाए।
Shares
प्रतिक्रिया