ad ad

कारोबार


पेट्रोलियम पदार्थको मूल्य घटेर आयो, आयल निगम नाफामा

पेट्रोलियम पदार्थको मूल्य घटेर आयो, आयल निगम नाफामा

नेपालखबर
बैशाख १८, २०८० सोमबार १७:३६, काठमाडौँ

पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचि अनुसार पेट्रोल डिजेल लगायतको मूल्य घटेर आएको हो।

नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा ४ रुपैयाँ ३३ पैसा र डिजल लिटरमा ४ रुपैयाँ ११ पैसा मूल्य घटेर आएको छ।

हरेक १५ दिनमा नयाँ मूल्य कायम हुने नेपाल भारत सम्झौता छ। जस अनुसार नयाँ मूल्य आएको हो।

नयाँ मूल्य अनुसार अब निगमलाई पेट्रोल लिटरमा १० रुपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ नाफा रहने छ।

अहिले पेट्रोलको मूल्य १७५ रुपैयाँ प्रतिलिटर र डिजेलमा १६५ रुपैयाँ प्रतिलिटर कायम छ। यही मूल्य कायम रहेमा नियमको नाफा प्रति १५ दिनमा १ अर्ब नाघ्ने छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .