ad ad

कारोबार


अर्थशास्त्रीहरुले भेटे अर्थमन्त्री महतलाई, बनाए संघको मानार्थ सदस्य

अर्थशास्त्रीहरुले भेटे अर्थमन्त्री महतलाई, बनाए संघको मानार्थ सदस्य

नेपालखबर
बैशाख १८, २०८० सोमबार १७:४५, काठमाडौँ

अर्थशास्त्रीहरुको संगठन नेपाल आर्थिक संघले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटघाट गरेको छ। 

संघका वरिष्ठ उपाध्यक्ष डा. भवानी प्रसाद ढुंगानाको नेतृत्वमा गएको संघको टोलीले अर्थमन्त्री महतलाई आगामी आर्थिक वर्षको बजेट सन्दर्भमा केन्द्रित भई छलफल गरेको हो।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउन लागेको सन्दर्भमा, अनुसन्धानमा आधारित विषयवस्तुहरूलाई हृदयंगम गर्दै जनतालाई आशा जाग्ने किसिमले बजेट ल्याउनुपर्ने कुरामा जोड दिइएको थियो।

अर्थमन्त्री महतले नेपाल आर्थिक संघ देशको एक मात्र अर्थशास्त्रीहरूको सङ्गठन भएकोले सहकार्य गर्न तयार रहेको बताए। आर्थिक विषयमा जस्तै कृषि, रोजगारी बढाउन, उत्पादन बढाउन, पुँजीगत खर्च बढाउन, साथै अन्य विषयमा अनुसन्धान गरेर अगाडि बढ्न सक्दा धेरै उपयोगी हुने बताए।

सोही अवसरमा  संघको तर्फबाट वरिष्ठ उपाध्यक्ष ढुंगानाले अर्थमन्त्रीलाई मानार्थ सदस्यता प्रदान पनि गरेका छन्।

उक्त अवसरमा उपाध्यक्ष्य प्रा डा गोविन्द नेपालले अर्थ मन्त्रालयसँग सहकार्य गर्दै आएको बताउँदै अगामी दिनमा पनि आर्थिक क्षेत्रमा अनुसंधान जारी राख्ने बताए।

त्यसैगरी नेपाल आर्थिक संघका महासचिव डा. गोपाल प्रसाद तिवारीले देश विभिन्न जल्दाबल्दा आर्थिक विषयहरुमा नेपाल आर्थिक संघसँग सहकार्य गर्दा सरकारलाई उपयोगी बजेट आउन सक्ने बताए।

त्यसैले अनुसन्धानमा आधारित प्रतिवेदनहरूले देशको समग्र अर्थतन्त्र माथि उकास्ने सहयोग गर्ने बताउँदै तिवारीले त्यसमा अर्थ मन्त्रालयले राम्रोसँग अध्ययन गरी बजेटमा समावेश गर्नसके वस्तुपरक हुने बताए।

अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा पोश राज पाण्डेले नेपाल आर्थिक संघसँग सरकार पहिलेदेखि नै नीति विश्लेषण तथा कार्यक्रम आयोजना गर्ने कार्यमा लागिपरेको जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .